काठमाडौं, चैत १३ । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही १५ चैतमा सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को १८ चैत २०७८ को निर्णयअनुसार चैते दसैँमा सार्वजनिक बिदा दिइएको हो । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख गरिएको छ ।
प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ ।