काठमाडौं १३ चैत । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सरकारले गरेको बिदा दिने निर्णयविरुद्ध परेको रिट दरपीठ गरेको छ ।
बिदा दिने नदिने भन्ने विषय सरकारको नीतिगत विषय भएकाले त्यस्ले अदालतमा प्रवेश पाउने आधार नभएको निष्र्कष सहित दरपीठ गरेको हो ।
फागुन १ गतेलाई जनयुद्ध दिवसको सम्झनामा सरकारले सार्वजनिक बिदा दिएको भन्दै कल्याण बुढाथोकी, गंगामाया अधिकारी, संगिता श्रेष्ठ लगाएतले सरकारलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।