Logo

देउवाले ९ मन्त्रालय माग्दा भएन सहमति



काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा ९ मन्त्रालय माग्दा सहमति जुटेन सकेको छैन।

मंगलबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा सभापति देउवाले कांग्रेसलाई ९ मन्त्रालय माग्दा सहमति नजुटेपछि बैठक निष्कर्ष विहिन भएको हो।

देउवाले नौ मन्त्रालयको अडान लिएपछि एकीकृत समाजवादी र जसपाले पनि समान तीन/तीन र लोसपाले दुई मन्त्रालय पाउनु पर्ने अडान राखेका थिए।

मंगलबार प्रस्तावमा मात्रै छलफल भएको र भागबण्डाबारे सहमति मिलाउन बुधबार ९ बजे फेरि बैठक बस्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्