Logo

मन्त्री छान्न नेकपा (एस) ले बोलायो आकस्मिक बैठक



नेकपा (एस) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका हुन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ ।

नेकपा(एस)ले उपाध्यक्ष डा बेदुराम भुसाल ,उपमहासचीव प्रकाश ज्वाला र नेता भानुभक्त जोशीलाई मन्त्री बनाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्