Logo

कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, चैत १६ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार बिहान देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । साथै बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति भने गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot