Logo

बारा–२ मा राजेन्द्र महतोलाई उठाउने लोसपाको निर्णय, उपेन्द्र यादवसँग भीडन्त पक्का



काठमाडौं, १६ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले बारा–२ मा हुने बैशाख १० गतेको उपनिर्वाचनमा शीर्ष नेता राजेन्द्र महतोलाई उठाउने निर्णय गरेको छ। लोसपानिकट उच्च स्रोतकाअनुसार अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बसेको बैठकले सो क्षेत्रमा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बारा–२ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्दैछन् । सो क्षेत्रमा यादवलाई रोक्नको लागि जनमत पार्टीले माओवादी केन्द्रका प्रभावशाली नेता तथा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा दोस्रो स्थानमा रहेका शिवचन्द्र कुशवाहालाई आफ्नो दलमा भित्र्याएको छ ।

जनमतका अध्यक्ष सिकेत राउतले यादवलाई पराजित गरेरै छाड्ने उद्घोष गरेका छन् । लोसपाले भने राजेन्द्र महतो उम्मेदवार बने अन्य दलको पनि समर्थन जुट्ने विश्वास लिएको छ । उपेन्द्र र राजेन्द्र दुवैले मंसिरमा सम्पन्न निर्वाचनमा पराजित व्यहोरेका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्