Logo

आफूले सिकेका ज्ञान, सीप कृषकसँग बाँड्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह



काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषिसँग सम्बन्धित छुट्टै विश्वविद्यालय स्थापना हुनु आफैंमा गौरवको विषय भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लयबाट दिक्षित विद्यार्थीलाई आफूले सिकेका ज्ञान, सीप कृषक समुदायहरुसँग बाँड्न आग्रह गरेका छन् ।

‘कृषिसँग जोडिएर छुट्टै विश्वविद्यालय स्थापना हुनु आँफैंमा गौरवको विषय भएको मैले महशुस गरिरहेको छु । विश्वविद्यालय स्थापनाका विभिन्न चरणहरुमा महत्वपूर्ण भूमिका निभाएको हुँदा विश्वविद्यालय स्थापना भैसकेपछि पनि विकास र विस्तारलाई प्राथमिकता दिएको छु,’– उनले भने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना हुनु अघिदेखी नै विश्वविद्यालयसँग आफ्नो आत्मियता जोडिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

विश्वविद्यालयले कृषि, पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य विज्ञान र वन संकायमार्फत दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिईराखेको उनले स्मरण गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot