Logo

बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँच जना घाइते, तीनको अवस्था गम्भीर



काठमाडौं, २३ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिका–१७ बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँच जना घाइते भएका छन् । आगालागीमा परेकाहरुको शरीरको अधिकांश भाग जलेको बताइएको छ ।

उनीहरुको अहिले किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार आगलागी भएको टहरोमा केही ड्रमहरुमा मोबिल राखिएको थियो । उक्त मोबिल खन्याउने क्रममा आगो सल्किएको बताइएको छ ।

घाइते हुनेमा सोही घरमा बस्दै आएको श्रीमान/श्रीमती, उनीहरुका दुई छोरी र भतिज रहेका छन् । आगलागी भने नियन्त्रणमा आइसकेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot