काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।
बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो।
सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने सम्भावना न्यून रहेको छ।
बुधबार बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, जसपा र एसलाई २, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १/१ मन्त्रालय दिने सहमति गरेको थियो।