Logo

पत्रकारमैत्री कानून बनाउने कुरामा म सहयोग गर्नेछु : सभामुख घिमिरे (भिडिओसहित)



काठमाडौं, १७ चैत्र ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तनको दिशामा अघि बढाउने सन्दर्भमा क्लबले ठूलो भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले क्वबले वाक स्वतन्त्रतादेखि जनताले सूचना पाउने अधिकारको विषयमा धेरै ठूलो योगदान गरेको स्मरण गराए ।

सभामुख घिमिरेले भने–‘क्लबका आउँदा दिन अझ प्रगतिमा जाओस भन्ने शुभकामना गरेको छु । मैले करिब चार दशक राजनीतिमा सक्रिय हुँदा वाक स्वतन्त्रताको पक्षमा वकालत गरेको छु । मडिया र सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ । यसको भूमिका अब प्रणालीलाई विकास गर्ने कुरामा एउटा चूनौति आएको छ । पत्रकारमैत्री कानून बनाउने कुरामा म सहयोग गर्नेछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot