Logo

आम जनताका आवाजलाई सशक्त बनाउन क्लबले सशक्त भूमिका निर्वाह गरेको छ : रास्वपा सांसद गणेश पराजुली



काठमाडौं, १७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद डा. गणेश पराजुलीले आफ्नो दलले छोटो समयमा जनताको मन जितेर संसद्मा पुगेको बताए । उनले आफूहरुले संसद्मा जनताको चाहनाअनुसार भूमिका निर्वाह गरेको सुनाए ।

रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा उनले अहिलेको पुस्ताले खोजिरहेको परिवर्तनलाई आफूहरुले सम्भव बनाउने विश्वास दिलाए ।

पराजुलीले क्लबका सभापति ऋषि धमला जस्तोसुकै कठिनाईसँगपनि जुध्नसक्ने व्यक्तिको रुपमा चित्रण गरे । उनले जनतालाई परेको समस्या राख्ने प्लाटफर्म नै क्लब रहँदै आएको बताए ।

आम जनताका आवाजलाई सशक्त बनाउन धमला र क्लबले सशक्त भूमिका निर्वाह गरेको सुनाए । उनले भने,‘क्लबले खेलेको भूमिकालाई हामी मनदेखि नै मनन गर्नेछौं ।’ उनले क्लबले देश र जनताको हितमा सशक्त भूमिका खेल्न सकोस भन्ने शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot