Logo

नीजि विद्यालयका लगानीकर्तालाई शिक्षा मन्त्रालयको जिम्मेवारी



काठमाडौं, १८ चैत्र । जनता समाजवादी पार्टी (जसपा) बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका अशोक राईको नियुक्ति स्वार्थ बाझिने गरी भएको छ । उनी नीजि विद्यालयसँग सम्वद्ध देखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि पनि विस्तार गरेको मन्त्रिपरिषद्मा तीन मन्त्रीहरु स्वार्थ बाझिने भन्दै सुरुमै विवादमा परेका थिए ।

उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी पाएका रवि लामिछाने, शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका विक्रम पाण्डे र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका डोलप्रसाद अर्याल अघिल्लो कार्यकालको मन्त्रिपरिषद्मा स्वार्थ बाझिने गरी मन्त्रालयमा गएको भन्दै विवादमा परेका थिए ।

हालका नवनियुक्त शिक्षामन्त्री राईको लागानी घट्टेकुलोमा रहेको सूर्योदय सेकेन्डरी बोर्डिङ स्कूल र बुद्धनगरमा रहेको स्वपन बाटिका स्कूलमा रहेको आरोप छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot