Logo

प्रधानमन्त्री दाहालको जनस्वास्थ्य तथा सरसफाई विज्ञमा खेम शर्मा नियुक्त



काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो जनस्वास्थ्य एवम् सरसफाई विज्ञमा खेम शर्मालाई नियुक्त गरेका छन् । सोबारे शर्माले जानकारी दिँदै आफ्नो मातृभूमिको सेवा गर्ने मौका दिएकोमा प्रधानमन्त्री दाहालप्रति आभार प्रकट गरेका छन् । उनले दिगो विकासका लक्ष्य हाँसिल गर्दै सन् २०३० सम्ममा नेपाललाई सफा देशको सूचिमा पुर्याई ‘सफा नेपाल, स्वस्थ नेपाली’ बनाउने उद्देश्यका साथ प्रधानमन्त्री दाहालले आफूलाई सो जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

दिगो विकासका लक्ष्य हासिल गर्दै सन् २०३० सम्ममा नेपाललाई सफा देशको सुचीमा पुर्याई “सफा नेपाल स्वस्थ नेपाली” बनाउने उद्देश्यका साथ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूले आफ्नो जनस्वास्थ्य तथा सरसफाई विज्ञका रुपमा नेपाली मातृभूमिको सेवा गर्ने मौका दिनुभएकोमा उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।
सरसफाई सबै देश, परिवेश र अवस्थाको सभ्याता हो, देश सम्पन्न र समृद्ध हुन र जनता स्वस्थ हुनका लागि चाहिने थोरै मध्येको एक आधार पनि हो सरसफाई । हामीले विगतदेखि सुरु गरेको सफा नेपाल स्वस्थ नेपाली अभियानमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी हरुले प्रदान गर्नु भयको साथ, सहयोग र हौसला प्रति आभार प्रकट गर्दछु र आगामी दिनमा पनि यहाँहरु सबैको साथ सहयोग रहन्छ भन्ने कुरामा म बिस्वोस्त छु ।
व्यक्तिगत नभई हाम्रो त्यो सामूहिकताको सम्मानस्वरुप सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई यस अभियानको प्रतिनिधि पात्रको रुपमा थप जिम्मेबारी दिनुभयको मैले महसुस गरेको छु ।
सफा नेपाल र स्वस्थ नेपाली हाम्रो आफ्नै मौलिकता समेटिएको अभियान भएकाले यस विषयमा सरकारका विभिन्न निकायले निर्माण गरेका तथा जारी गरेका सरसफाई र जनस्वास्थ्य सम्बन्धी नीति निर्देशिकाहरुको समेत अध्ययन गरी त्यसमा आवश्यक परेका राय सुझावहरु पनि मैले केहि दिनमा पेश गर्नेछु ।
कृपया, हामिलाइ cleannepalhealthynepali@gmail मार्फत तपाइहरुको अमुल्य सुझाबहरु पनि पठाउन अनुरोध गर्दछौ । हरेक पाइलामा साथ दिने जीवन संगिनी प्रीति दाहाल, आम बुबा लगायत सम्पूर्ण परिवार, इस्ट मित्र, साथी भाई लगायत दुख सुखमा साथ् दिनुभयका र दिईरहनुभयका सम्पूर्ण शुभचिन्तक लगायतप्रति आभार व्यक्त गर्दछु ।
धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्