Logo

भूमाफियाको कब्जामा पूर्व डिआइजीको घर, न्याय खोज्दै प्रहरीको शरणमा डिआइजी दम्पती



बखतियार अलि
सर्लाही,चैत १८ । संरक्षणको लागि दोस्रो ब्यक्तिलाई जिम्मा लगाएको घर जग्गा तेस्रै ब्यक्तिले कब्जामा लिएपछि पुर्व डिआइजी शैलेन्द्र प्रसाद सिंह न्याय खोज्दै प्रहरीको शरणमा पुगेका छन्।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ स्थित रहेको पञ्चायकालका अञ्चलाधिस तथा विशेष प्रहरीको रुपमा समेत कार्य गरिसकेका पुर्व डिआइजी शैलेन्द्र प्रसाद सिंहको घर जग्गा कुनै तेस्रै ब्यक्तिले कब्जामा लिएर भोगचलन गर्न थालेपछि उनलाई आफ्नी श्रीमती शारदा उप्रेतीसँग मलंगवाकै एक ब्यक्तिको घरमा बास बस्नु परेको छ।

पिडित सिंह दम्पतीका अनुसार उनीहरु हाल काठमाडौमा बसोबास गर्दै आएको र बेलाबेलामा मलंगवा आउने र जाने गरेका गरेका थिए ।

सिंहले भने, ‘आफ्नो गैेरहाजिरीमा घरको जग्गाको संरक्षण र देखभाल समेत होस् भनेर आफुहरु बस्ने घर बाहेकको सम्पूर्ण घर सम्झौता गरि ग्रिन ल्याण्ड बोर्डिङ स्कुललाई भाडामा दिएको र बेलाबेलामा काठमाडौंबाट आएर मलंगवा स्थित सोही घरमा बसेर जाने गरेका उनले बताए । तर, यस पटक ८ महिना पछि मलंगवा आउँदा आफ्नो घरमा मैले नचिनेको एक अर्कै ब्यक्तिले कब्जा गरि बसेको पाएको र ती ब्यक्तिलाई तपाईं किन मेरो घरमा बस्नु भएको जानुस् भनि भन्दा ती ब्यक्तिले यो तपाईं घर होइन मेरो घर हो बढी बोल्यौ भने कुटेर धपाउँछु भनि सोझै घम्काएर मेरो आफ्नै घरबाट घरबार बिहिन बनायो ।’

घरभित्र रहेको सारा सामानहरु समेत गायब गरिसकेको सिंहले बताए । हाल पुर्व डिआइजी सिंहका छोराहरु रोजगारीको सिलसिलामा नेपाल बाहिर बस्दै आएको मौका छोपी एउटा बृद्धअबश्थाका लाचार ब्यक्तिले केही गर्न सक्दैन भन्ने सोंच भएका ब्यक्तिहरुले जिवनको अन्तिम पडावमा आएर सुनुयोजित तरिकाले यसरी आफुहरुको घर जग्गा कब्जामा लिइएर उठिबास बनाउने यस्ता निर्दयी समाज प्रति यतिबेला आफ्नो मनमा क्रोध उत्पन्न भइरहेको सिंहकी श्रीमती शारदा गहभरी आँसु भर्दै गुनासो गरिन ।

देशकै एउटा ठूलो ओहोदामा रहेको ब्यक्तिलाई समेत नछाड्ने यस्ता भुमाफियाहरुले सर्वसाधारणहरुको के हालत गर्दै होला सोंचेर मनमा पिर लागेर आएको उनले दुस्ख व्यक्त गरिन ।

घर जग्गा कब्जा गरेर बसेका ब्यक्ति उपर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी समेत दिइसकेको र सोही उजुरीको आधारमा ती ब्यक्तिलाई प्रहरीले पक्राउ गरि अनुसंधान प्रक्रिया अगाडी बढाएको सिंहले बताए ।

न्यायको लागि भौतारिरहेका पुर्व डिआइजी सिंह दम्पती अहिले मलंगवाकै एक जेष्ठ नागरिकको घरमा एउटा शरणार्थी सरह बसिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्