Logo

को–पाइलटलाई पाखाला लागेपछि नेपाल वायुसेवा निगमको उडान रद्द, काठमाडौं र दुबईमा यात्रु अलपत्र



काठमाडौं, चैत १९ । यसै साता जगेडा टायरको प्रबन्ध गर्न नसकेर ३६ घण्टा दिल्लीमै रोकिएको नेपाल वायुसेवा निगमको जहाज जगेडा पाईलटको व्यवस्था गर्न नसक्दा थप दुई उडान रोकिएका छन् ।

विमानको को–पाइलटको स्वास्थ्यमा समस्या आएपछि शनिबार राती दुवई उड्न लागेको नेपाल वायुसेवा निगमको उडान रद्द भएको छ । को–पाइलटलाई पेट दुखेर पखाला लागेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा ५ सय ४३ यात्रु अलपत्र परेका हुन् ।

उडान नम्बर–आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको छ । सोहि उडानमार्फत दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौं आउने उडान पनि रद्द हुँदा उक्त उडानका यात्रुलाई समेत निगमकै खर्चमा होटलमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot