Logo

तनहुँ–१ मा एमालेको जित्ने आधार स्वर्णिम वाग्लेको उम्मेदवारी पनि हो– पद्मा अर्याल



काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको हार निश्चित रहेको दाबी गरेकी छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त क्षेत्रमा एमालेको जीत सुनिश्चित रहेको बताएकी हुन् ।

अघिल्लो निर्वाचनमा एमालेले थोरै मतान्तरले हार व्यहोरेको उल्लेख गर्दै उनले यो निर्वाचनमा एमालेको जित्ने आधार स्वर्णिम वाग्लेको उम्मेदवारी पनि भएको बताएकी हुन् । अहिल्लो निर्वाचनमा रास्वपाले उक्त निर्वाचन क्षेत्रबाट ६ हजार मत पाएको भएपनि उक्त मत असन्तुष्टिमा खेल्ने काम भएको उनको टिप्पणी छ । रास्वपाको तनहुँमा कुनै संगठन नै नभएको उनको दाबी छ ।

‘यसपटक नेकपा (एमाले) को उम्मेदवारले जित्छ । अघिल्लो निर्वाचनको मतान्तर धेरै होइन । त्यहाँको निम्ति हामीले दिएको उम्मेदवार नयाँ र सुरक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मान्छे । त्यहाँको जनताको माग पनि त्यही हो । जनताको रोजाइमा सर्वेन्द्र खनाल पर्नुहुन्छ । उहाँ (स्वर्णिम वाग्ले) ले अविर लाउने गरी मत पाउनुहुन्न । एमालेको जितको आधार स्वर्णिम वाग्लेको उम्मेदवारी पनि हो,’– अर्यालले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot