Logo

बारा–२ मा उपेन्द्र यादवलाई सघाउने लोसपाको निर्णय, राजेन्द्र महतो ब्याक भए



काठमाडौं, १९ चैत्र । लोकतान्त्रिक  समाजवादी पार्टीले बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा उपेन्द्र यादवलाई सघाउने भएको छ । यसअघि सो दलबाट वरिष्ठ नेता राजेन्द्र महतो चुनाव उठ्ने चर्चा थियो । तर, सत्ता गठबन्धनले बारा–२ मा साझा उम्मेदवार उठाउने भएपछि लोसपा ब्याक भएको हो ।

लोसपाका युवा नेता केशब झाले दिएको जानकारीअनुसार बारा–२ मा आफ्नो दलले यादवलाई सघाउने भएको छ । यसअघि नेपाली कांग्रेसले पनि बारा–२ मा उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेको छ । बारा–२ मा सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उठाउने निर्णय गरिसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई टिकट दिएको हो । उता, आम जनता पार्टीले अरुणकुमार ज्ञवालीलाई उठाउने निधो गरेको छ । अहिले आजपाका अध्यक्ष एवम् सांसद प्रभु साह चुनावी रणनीति बनाउनको लागि बारामै खटिएका छन् । उनले हिजो हजारौंको संख्यामा आफ्ना नेता तथा कार्यकर्ता उतारिसकेका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot