Logo

रविलाई रोक्ने दाउमा दुर्गा प्रसाई, कालो मोसो दल्नेलाई उपनिर्वाचनमा उठाउँदै



काठमाडौं, १९ चैत्र । बैशाख १० गते हुने उपनिर्वाचनमा दुर्गा प्रसाई नेतृत्वको अभियानले पनि भाग लिने भएको छ। चितवन–२ लाई केन्द्रमा राखेर प्रसाईले चुनावी तयारी थालेका छन् ।

सो क्षेत्रमा यसअघि नै निर्वाचन जितेका रवि लामिछाने चुनावी मैदानमा उत्रिँदैछन् । तर, प्रसाई भने कुनैपनि हालतमा रविलाई रोक्ने दाउमा छन् । उनले आफ्नो सम्पूर्ण तागद चितवन–२ मा लगाउने घोषणा गरिसकेका छन् ।

भोलि उपनिर्वाचनको लागि उम्मेदवारी दर्ताको कार्यतालिका छ । प्रसाईले भने चितवनका शम्भु थापालाई उपनिर्वाचनमा रवि लामिछानेसँग भिडाउने भएका छन् । थापा यसअघि लघुवित्तका कर्मचारीलाई कालोमोसो दलेर चर्चामा आएका थिए ।

अहिले प्रसाईको उपस्थितिमा थापाले रिपोर्टर्स क्लब नेपालमार्फत उम्मेदवारी घोषणा गर्ने भएका छन् । उम्मेदवारी घोषणाको पत्रकार सम्मेलन भने दिउँसो ३ बजेको लागि तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्