Logo

सांसद्‍लाई आफू बस्ने कुर्सीबारे पत्तै छैन, सोध्छिन् : ‘कुन देशमा बनेको हो ?’



काठमाडौं, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् निशा डाँगीले आफू बसिरहेको कुर्सी, सभामुख र प्रधामन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो भन्दै प्रश्न सोधेकि छिन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् डाँगीले आफू बसिरहेको कुर्सी, सभामुख र प्रधामन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो भन्दै प्रश्न सोधेकि हुन्।

‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमा नै बनेको हो? कुर्सीका लागि जुन झगडा हुने गरेको प्रधानमन्त्री, सभामुखको कुर्सी कुन देशबाट आयात भएको हो? सिंहदरबार, बालुवाटार, शीतल निवास र यो क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं।’



प्रतिक्रिया दिनुहोस्