Logo

रवि लामिछाने चुनावी मैदानमा उत्रिए, साथमा स्वर्णिम वाग्ले (भिडिओसहित)



काठमाडौं, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बैशाख १० गते हुने उपनिर्वाचनको लागि चितवन–२ को चुनावी मैदानमा उत्रिएका छन् । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।

तर, नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाका कारण उनको सांसद पद गुमेको थियो । उनले राजनीतिमा देखिएको फोहोर सफा गर्न आफूहरु चुनावी मैदानमा उत्रिएको बताए । सभापति लामिछानेको चुनावी अभियानमा तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्ले पनि पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot