काठमाडौं, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ सर्वोच्च अदालत पुगेका छन्।
सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्धा चलाउन भन्दै रिट दायर गर्न सर्वोच्च पुगेका हुन्।
‘सर्वोच्च प्रशासनमा रिट निवेदन बुझाएर आएको छु, रिट सर्वोच्च प्रशासनले अध्ययन गर्ने र १/२ दिनपछि सम्पर्क गर्नु भनी सर्वोच्चका प्रवक्ता विमल पौडेलले भन्नुभएको छ,’ सफलले रिपोर्टर्स नेपालसँग भने।
सफलले रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरेका छन्। लामिछानेविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।
तर प्रहरी र सरकारी वकिल कार्यालयले लामिछानेविरुघ मुद्दा नचलाउने निर्णय गरेका थियो। मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।
लामिछानेको यसअघि नागरिकता प्रकरणमा सांसदसँगै गृहमन्त्रीको पद पनि खारेज भएको थियो। सो प्रकरणमा पनि सफलले नै रिट दायर गरेका थिए।