काठमाडौं, १९ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई जवाफ फर्काएका छन्।
बैशाख १० गते हुने उपनिर्वाचनका लागि जसपाबाट बारा २ मा उम्मेद्वारसमेत रहेका अध्यक्ष यादवले जनमतका अध्यक्ष राउतलाई आफू चोर बाटोबाट नभइ मूलबाटो बाट संसद्मा आइरहेको जवाफ फर्काएका हुन्।
उपनिर्वाचनका लागि आइतबार बारा पुगेका अध्यक्ष यादवले भने, ‘म चोर बाटो होइन, नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन। झन्डा उठाएर अघि बढेका छौँ। हामी मूलबाटोबाटै आइरहेका छौँ।’
जनमतका अध्यक्ष राउतले केही दिन अगाडि एक कार्यक्रममा यादव चोरबाटो बाट संसद छिर्न लागेको र उनलाई संसद छिर्न दिन नहुन टिप्पणी गरेका थिए।