Logo

मुलुक आर्थिक दुर्घटनाको दिशामा गयोः त्रिपाठी



काठमाडौं, २० चैत । राजनीतिज्ञ एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ सरकारको सय दिन उपलब्धिशून्य भएको टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समीकरण हेरफेरमै सय दिन बिताउनुभयो । उपलब्धि शून्य भयो । कर्मकाण्डी काम मात्र भयो । मन्त्रीहरुले त्यसैलाई उपलब्धि माने, अधुरा रहेका काम सबै बिर्सिए,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै त्रिपाठीले भने ।
अर्थतन्त्र निरन्तर बिग्रँदो अवस्थामा भए पनि सरकार र राजनीतिक दलहरुले त्यसको यथार्थ बुझ्ने काम नगरेको आरोप पनि उनले लगाए । त्रिपाठीले थपे, ‘अर्थतन्त्र अल्कपनीय ढंगले दयनीय र विष्फोटक अवस्थामा छ । अर्थतन्त्रका सूचकहरु नकारात्मक छन् । तर सरकार र राजनीतिक दलहरुलाई कुनै चिन्ता र चासो छैन । अर्थतन्त्र र राजनीति बिचौलिया घाटमा पुगेको छ । अर्थतन्त्र गलत दिशातिर अघि बढिरहेको छ ।’
मुलुक आर्थिक दुर्घटनातर्फ जाने संकेत गर्दै उनले त्यसको दुष्प्रभाव लोकतन्त्रमाथि नै पर्न सक्ने चेतावनी दिए । उनले भने, ‘कोरोना महामारीका कारण विश्वमै आर्थिक मन्दी छ । बाह्य कारण त छँदै छन् । आन्तरिक कारण पनि त्यत्तिकै जिम्मेवार छन् । आर्थिक एजेन्डा हाम्रो प्राथमिकताको विषय नै हुन सकेन । राजनीतिक एजेन्डामा आवश्यकताभन्दा बढी जोड दियौं । सायद अब सुधार गर्ने अवस्थामा नपुगौंला । ‘
आगामी बजेटमा धेरै क्रुूरतापूर्वक कटौती गर्नपर्ने अवस्था आएको पनि त्रिपाठीले बताए । उनले भने, ‘अर्थतन्त्र खर्च सुधार गर्न निकै ढिलो भैसक्यो । यहाँ अब व्यक्तिको कुरा छैन । नयाँ अर्थमन्त्रीले जादुई काम गर्नुहोलाजस्तो छैन । साधारण खर्च पुर्याउन धौधौ छ । विकास खर्च छैन । राष्ट बैंकले बेलैमा । बजेटमा क्रुरतापूर्वक कटौती गर्नपर्ने अवस्था छ ।’



प्रतिक्रिया दिनुहोस्