Logo

उपेन्द्र यादवलाई संसद् छिर्नबाट रोक्नुपर्ने बाबुरामको टिप्पणी !



काठमाडौं, २० चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपनिर्वाचनमा केही नेतालाई जसरी पनि सत्तामा पुर्याउन खोजिएको भन्दै विरोध जनाएका छन् । उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई लिएर यस्तो आलोचना गरेको चर्चा छ ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत चुनाव केही वर्ष/महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको उल्लेख गरेका छन् । उनले उपनिर्वाचनमार्फत सत्तामा पुग्न खोजिएको भन्दै त्यस्तालाई रोक्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन-

चुनाव केही बर्ष/महिनामा अमूक पार्टी/नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन! यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधि/अवसर हो।हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ!रोकौं!



प्रतिक्रिया दिनुहोस्