काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नवप्रवेशी डा. स्वर्णिम वाग्ेलेले तनहुँ–१ मा उमेदवारी दर्ता गर्ने भएका छन् । तर, उनले उम्मेदवारी दर्ताको लागि पार्टीका सभापति रवि लामिछानेलाई पर्खिएका छन् । सभापति लामिछानेले भने बिहानै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बैशाख १० गते हुने उपनिर्वाचनमा लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेले भने सभापति लामिछानेको उपस्थितिमा आफ्नो उम्मेदवारी दर्ता गराउने भएका हुन् । हिजोमात्रै वाग्ले चितवन–२ सभापतिको चुनावको प्रचारप्रसारमा खटिएका थिए ।
वाग्लेले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराउने भएका छन् । उता, बारा–२ मा भने रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दर्ता गर्नेछन् । त्यसको लागि पार्टीका नेताहरु बारा पुगिसकेका छन् । खरेलको उम्मेदवारी दर्ताको बेलामा नेता डिपी अर्याल बारा पुग्नेछन् । File Photo/ReportersNepal