Logo

प्रभु साहले उपेन्द्र यादवलाई भ्रष्ट र लुटेराको संज्ञा दिए, उपनिर्वाचनमा पराजित गर्न आह्वान (भिडिओसहित)



काठमाडौं, २० चैत्र । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बारा–२ मा उपनिर्वाचन लड्न लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कुनैपनि हालतमा जनताले हराउने बताएका छन् । उनले यादवलाई भ्रष्ट एवं मधेस विरोधीको संज्ञा दिएका छन् । बारा–२ को उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार तय गर्न साह यतिवेला बारामा नै छन् । हिजो (आइतबार) बाराको देवतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा–२ मा हुने उपनिर्वाचनमा भ्रष्ट र मधेस विरोधीहरुले चुनाव लड्न खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताएका हुन् ।

उनले उपेन्द्र यादवलाई सप्तरीमा नफलेको फलको संज्ञा दिएका छन् । उनले उपेन्द्र सप्तरीमा फल्न नसकेको फल भएकोले अब बारामा पनि नफल्ने टिप्पणी गरेका थिए । उनले भने,‘सप्तरीमा नफलेको अब अब बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छ ? छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन । नुन कहिल्यै पनि चिनी हुन सक्दैन् । त्यस्ता भ्रष्ट र जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन ।’

साहको पूरा सम्बोधन यो भिडिओमा सुन्नुहोस

https://www.facebook.com/PrabhuSahNp/videos/759851878846957



प्रतिक्रिया दिनुहोस्

Screenshot