Logo

बारा–२ मा प्रभु साहले उठाए अरुण ज्ञवालीलाई, दलबलसहित उम्मेदवारी दर्ता (फोटोफिचर)



काठमाडौं, २० चैत्र । आम जनता पार्टीले बारा–२ मा अरुण ज्ञवालीलाई उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार नै ज्ञवाली दलबलसहित आफ्नो उम्मेदवारी दर्ता गर्न पुगेका थिए । उनको उम्मेदवारी दर्ताको क्रममा हजारौंको संख्यामा जुलुश निकालिएको थियो ।

तर, आयोगको आचारसंहिताअनुसार निर्वाचन आयोग परिसरभित्र भने तोकिएकै संख्यामा नेता तथा कार्यर्ताहरु पुगेका थिए । ज्ञवालीको उम्मेदवारी दर्ताको क्रममा पार्टीका उपाध्यक्ष बद्रि प्रसाद न्यौपाने खटिएका थिए । यसअघि मंसिरमा सम्पन्न भएको निर्वाचनमा ज्ञवाली चौथो भएका थिए ।

उनले झण्डै ८ हजार मत ल्याएका थिए । त्यतिवेला स्वतन्त्र उम्मेदवारी दिएका ज्ञवाली यसपटक पार्टीको उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । मधेश प्रदेशमा प्रभु साहको क्रेज ठूलो छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot