Logo

महासंघमा त्रिपक्षीय भिडन्त : बीच-बीचमा राजनीतिक रङ



काठमाडौं, चैत २१ । उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारण सभामा त्रिपक्षीय भिडन्त हुने भएको छ । चैत २८ र २९ गते हुने महासंघको ५७औं साधारण सभामा तीनवटा समूह निर्वाचनमा उत्रिएकाले त्रिपक्षीय भिडन्त हुन लागेको हो ।

उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष्ँ र तीनवटा विषयगत उपाध्यक्ष्ँसहित करिब ७० पदमा निर्वाचन हुनेछ ।

उद्योग वाणिज्य महासंघ मुख्यतः निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था भए पनि यसपटकको निर्वाचनमा राजनीतिक रङ मिसिएको उद्योगी व्यवसायीहरू बताउँछन् । ‘उद्योगी व्यवसायीहरू कुनै पार्टी वा संगठनको खुलेर समर्थन त गर्दैनन् तर यसपटकको महासंघको निर्वाचनमा सत्ता राजनीतिकको प्रभाव देखिएको छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष्ँका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहलाई प्रतिपक्षी दल नेकपा एमालेको सदाशयता रहेको देखिन्छ भने रामचन्द्र संघईलाई सत्ताको मुख्यघटक नेपाली कांग्रेस त्यो पनि संस्थापन पक्षको ‘ग्रिन सिग्नल’ रहेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष्ँका अर्को प्रत्यासी अञ्जन श्रेष्ठलाई नेपाली कांग्रेसको संस्थापन इतरपक्षको सहानुभूति रहेको स्रोतको दाबी छ । महासंघका उम्मेदवारलाई राजनीतिक दलहरूको रङ मिसाउन उनीहरूको पारिवारिक पृष्ठभूमि र उम्मेदवारको पक्ष्ँमा माहोल सिर्जना गर्न लागेका व्यक्तिको गतिविधिले पनि बल पु¥याएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरासमेत रहेका हु“दा उमेशलाल श्रेष्ठलाई प्रतिपक्ष दल एमालेको सदायता हुनु स्वभाविक देखिन्छ । साथै, राजनीतिक रूपमा एमालेमा आबद्ध व्यावसायिक नेताहरूले श्रेष्ठको खुलेरै समर्थन गरिरहेका छन् ।

उता नेपाली कांग्रेसको स्थापन पक्षको ‘ग्रिन सिग्नल’ पाएको भनिएका रामचन्द्र संघईको उम्मेदवारी घोषणा सभामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका व्यक्तिहरूसमेत सहभागी थिए । उक्त सहभागितासहित केही जिल्लाका प्रतिनिधिले खुलेरै देउवा समूहको सन्देश प्राप्त भएकोे कार्यक्रममा सार्वजनिक गरिरहेका थिए ।

आफ्नो उम्मेदवारीलाई व्यापक प्रचार गर्दै आए पनि अञ्जन श्रेष्ठले प्यानल घोषणा गरिसकेका छैनन् । तर, मंगलबार बिहान ११ बजेसम्म आफ्नो टिमले उम्मेदवारी दर्ता गर्ने श्रेष्ठले बताए। केही प्राविधिक कारणले प्यानल घोषणा गर्न ढिलाइ भए पनि उम्मेदवारी दर्ता भने समयमै हुने र बुधबार आफ्नो टिमलाई सार्वजनिक गर्ने श्रेष्ठको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्