Logo

उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने, चैत २३ देखि आचारसंहिता लागू हुने



काठमाडौं, चैत २१ । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत अन्तिम सातादेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। चितवन, तनहुँ र बाराका गरी तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई लक्षित गरी चैत २३ पछि आचारसंहिता लागू हुनेछ। निर्वाचन आचारसंहिता, २०७९ मा आचारसंहिता आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागू हुने व्यवस्था छ।

आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारी तथा सरकारी तथा अर्धसरकारी निकायले गर्न हुने र नहुने व्यवस्था गरिएका छन्।

आचारसंहिता लागू भएपछि तीनै तहका सरकारले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ विकासका योजना घोषणा, योजना शिलान्यासलगायतका गतिविधि गर्न पाउने छैनन्।
प्रतिनिधि सभा सदस्य उपचुनावका उम्मेदवारविरुद्ध उजुरी भए आज दर्ता गर्न सकिने छ ।

तिन वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये दलको तर्फबाट ३३ जना र ३६ जना स्वतन्त्र उम्मेदवार छन्।

ती उम्मेदवारविरुद्ध परेका उजुरीमाथी भोली छानबिन गरी भोली नै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ। उम्मेदवारी फिर्ता लिन चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन हुनेछ। उम्मेदवारलाई सोही दिन चुनाव चिह्न प्रदान गरिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot