Logo

आइपिएल :चेन्नईले लखनउलाई हरायो



काठमाडौं, चैत २१ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।

गएराती एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउले चेन्नईलाई १२ रनले हराएको हो । यस अघि चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो र खेल १२ रनको झिनो अन्तरले हार्न पुग्यो ।

लखनउका लागि ओपनर कायल मेयर्सले ५३ रन ,निकोलस पुरनले ३२ रन ,मार्कुस स्टोईनसले २१ रन तथा आयुष बदोनीले २३ रन बनाए । कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।

चेन्नईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot