काठमाडौं, २१ चैत्र । माओवादी विचार धारा बोकेका दलहरू फेरि सक्रिय भएका छन् । उनीहरुले आगामी चैत २७ गते काठमाडौंमा अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा प्रज्ञा भवनमा अन्तर्क्रियाको आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) का एक नेताले जानकारी दिए ।
यसअघि सो विचार धारा बोकेकाहरुले प्रज्ञा भवनमै संयुक्त पत्रकार सम्मेलन गरेका थिए । आगामी चैत्र २७ गते हुने अन्तरक्रियामा भने द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखिने ती नेताले जनाए ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रममा सो विचार धारा बोक्ने दलका शीर्ष नेताहरुको उपस्थिति हुने जनाईएको छ ।