Logo

संकटमा चर्च ब्वाइज:  मुख्य  प्रशिक्षक हुमागाईंले छाडे क्लब



काठमाडौं ,२२ चैत । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेडका  मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेका छन् ।
नेपालमा काम गर्न वर्क परमिट (श्रम स्वीकृति) नपाएपछि क्लब छाडेका हुन् , हुमागाईँ नेपाली मुलका अमेरिकन नागरिक हुन् ।
उलले फेसबुकमा स्टाटस लेख्दै क्लब छाडेको बताएका छन् । हुमागाईंले लेखेका छन् ‘नेपाली फुटबल खेलप्रतिको अगाध माया र यसको सुदृढीकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केही समयदेखि जन्मभूमिमै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिए तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति [वर्क परमिट] लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहान्छु ।

लिगमा अपराजित रहेको चर्च ब्वाइज ६ खेलबाट तीन जित र तीन बराबरीसँगै लिगको दोस्रो स्थानमा रहेको छ ।
राजधानीमा जारी ए डिभिजन लिगको राम्रो लयमा रहेको चर्च ब्वाइज प्रशिक्षकले क्लव छाडेसँगै थप संकटमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot