Logo

अध्यक्ष उपेन्द्र यादव जिताउन सांसद महतो बारामा, साथमा बलराम र रेखा यादव



काठमाडौं, २२ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ जसपाका उम्मेदवार उपेन्द्र यादवको पक्षमा जनलहर उत्रिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुको मागकै कारण यादव उपनिर्वाचन लड्न बारा पुगेका हुन् । यसअघि मंसिरमा सम्पन्न भएको निर्वाचनमा यादव सप्तरीबाट पराजित भएका थिए । यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पराजित गरेका थिए ।

अहिले यादवलाई पूनः संसद् छिर्नबाट रोक्न राउत कम्मर कसेर लागेका छन् । मधेशमा राउतको क्रेज धेरै छ । राउतले यसअघि मंसिरमा माओवादी केन्द्रबाट चुनाव लडेका शिवचन्द्र कुशवाहालाई आफ्नो पार्टीमा भित्र्याएर उम्मेदवार बनाएका छन् । एमालेले पुरुषोत्तम पौडेल र प्रभु साहले अरुण ज्ञवालीलाई चुनावी मैदानमा उतारेका छन् । उता, स्वतन्त्र पार्टीबाट रमेश खरेल उठेका छन् ।

जसपाका अध्यक्ष यादव यतिवेला चुनावी घरदैलो कार्यक्रममा बारामै छन् । यसपटकको चुनाव उनको लागि प्रतिष्ठाको विषय बनेको छ । यादवलाई कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) को साथ छ । उनको पक्षमा पल्लाभारी छ । जसपाका प्रभावशाली नेताहरु अध्यक्ष यादवलाई जिताउनका लागि फिल्डमा उत्रिएका छन् ।

जसपाकै सांसद डा. विरेन्द्र प्रसाद महतो, सांसद रेखा यादव र पार्टीका कार्यकारिणी सदस्य बलराम महतो यतिवेला चुनावी कमाण्डरको रुपमा बारामा सक्रिय छन् । यादवले आफू प्रतिनिधिमात्रै भएको भन्दै खासमा यो चुनाव जसपाका नेता तथा कार्यकर्ताहरु नै लडिरहेको बताउन थालेका छन् । य

सअघि सो क्षेत्रबाट निर्वाचन सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेका छन् । रामसहाय उपराष्ट्रपति निर्वाचित भएको र जसपामा पनि कुनै विवाद नभएर पार्टीबाट एकल उम्मेदवारी परेकोले अध्यक्ष यादवको जित निश्चित् भएको जसपाका नेता तथा कार्यकर्ताहरुको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्