Logo

पत्रकार एवम् शिक्षासेवी सिलवाल सम्मानित



काठमाडौं, २२ चैत्र । पत्रकार एवम् शिक्षासेवी रामहरि सिलवाल सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच सिलवाल प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मानित भएका हुन् ।

सम्मानित सिलवालले नेपालको शिक्षा क्षेत्रको आधुनिकरण र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी पत्रकारिता क्षेत्रको समेत सम्मानित व्यक्तित्व हुन् ।

शिक्षा क्षेत्र र पत्रकारिता क्षेत्रमार्फत सिलवालले मुलुकको शिक्षा प्रणाली र पत्रकारितालाई ब्यवसायिक बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै क्लबले यस वर्ष उनलाई सम्मान गरेको हो । क्लबले सिलवालले आफ्नो क्षेत्रमा सदैव समर्पित रही पु¥याएको योगदानको प्रशंसा गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्