Logo

हाम्रो पार्टी विलय भएर समाप्त हुँदैन् : माधव नेपाल



काठमाडौं, २२ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले खेलेको भूमिकालाई लिएर देशका विद्यमान दलहरुले मूल्यांकन गर्न थालेको बताएका छन् । उनले आफूहरुको बारेमा चासो र सोधीखोजी गर्न खोजिएको भन्दै यो खुशीको कुरा भएको बताए । उनले एमालेको नाम नलिईकन कसैलाई समाप्त पार्ने वा पन्छाउने काम नगर्ने बताएका छन् ।

पार्टीले आज (बुधबार) आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्र र सबै तहमा पार्टीको स्कूल विभागले अभियान चलाउँदै आएको सुनाए । उनले वर्तमान सरकारले पूर्ण आकार ग्रहण गरेको बताए । उनले बाँकी रहेका मन्त्रालयमा पनि छिट्टै नेतृत्व चयन गरिने बताए । उनले प्रदेश सरकारमा पनि आफ्नो दल सहभागी हुने बताए । गठबन्धनमा आवद्ध दल भएकाहरु सबैलाई समेटेर प्रदेश सरकार गठन गरिने उनको भनाई छ ।

उनले आफूहरु सबैखालका चूनौति सामना गर्न सक्षम रहेको बताए । अध्यक्ष नेपालले आफूहरुले कम्युनिष्ट शक्तिलाई पनि एकताबद्ध बनाउन चाहेको बताए । कसैले आफूहरुको भूमिकालाई लिएर व्यंग्य गरेको भन्दै त्यस्तो व्यंग्यको कुनै अर्थ र औचित्य नभएको उनको भनाई छ । उनले प्रतिगामीहरुसँग साँठगाँठ गर्नेहरुले आफूहरुमाथि औंला उठाउने अधिकार नभएको जिकिर गरे । उनले आफूहरुको पार्टी विलय भएर समाप्त नहुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्