Logo

देउवाले दुई मन्त्रीको नाम टुँग्याए, मोहन बस्नेत र एनपी साउद मन्त्री बन्दै



काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसले चारमध्ये दुई जनाको नाम मन्त्रीमा टुँगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो कोटाबाट मन्त्री बन्ने दुई जनाको नाम फाईनल गरेका छन् । देउवानिकट उच्च स्रोतकाअनुसार परराष्ट्र मन्त्रालयमा एनपी साउदको नाम तय गरेका हुन् ।

बस्नेतलाई भने कुन मन्त्रालय दिने भन्ने तय नभएको स्रोतको दाबी छ । बस्नेतले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा दाबी गरेका छन् । यसअघि पनि यी दुईको नाम मन्त्रीमा फाईनल भएको थियो । अब शेखर कोइराला समूहले भने दुई जनाको नाम तय गर्न बाँकी छ ।

कोइराला समूहले सम्मानजनक सहभागिता नभए सरकारमा नजाने अडान लिएको थियो । कोइराला समूहले धनराज गुरुङ र डिकबहादुर लिम्बुलाई सरकारमा पठाउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot