काठमाडौं, १४ चैत्र । महान्यायाधिवक्ता दिनमणि पोखरेलले कर्यभार सम्हालेको सय दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलन गरेका छ्न । सो क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीको विषयमा प्रमाणको मूल्यांकन गरेर नै मुद्दा नचलाउने निर्णय गरेको स्पष्ट पारेका छन् ।
ृउनले भने,“रवि लामिछानेको राहदानी प्रकरणमा प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर, विवेकको प्रयोग गरेर गरिएको निर्णय हो यसलाई राजनीतिक सौदाबाजीमा भएको निर्णय हो भन्नु अन्याय हुन्छ ।” महान्यायाधिवक्ता पोखरेलले निर्णय कुन दिन भयो भन्ने कुरा संयोग मात्र भएको भन्दै त्यो आफनो चासोको विषय नभएको जिकिर गरे । उनले आफूहरुले विवेकपूर्ण रूपमा काम गरेको भन्दै राजनीतिक रुपमा नलिन आग्रह गरे । file photo