Logo

आजपाको धनुषा भेला सम्पन्न, जनताको पक्षमा निरन्तर लड्ने उद्घोष (फोटोफिचर)



काठमाडौं, २४ चैत्र । प्रभु साह नेतृत्वको आम जनता पार्टीको धनुषा जिल्लाको भेला सम्पन्न भएको छ । उक्त भेलामा हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

अध्यक्ष साहले जनकपुरको पवित्र भूमिबाट आम जनताको पक्षमा र मुलुक रूपान्तरणको लागि निरन्तर लड़ने उदघोष सहित ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको जानकारी दिए ।

पछिल्लो समय साह नेतृत्वको आजपाप्रति जनताको ठूलो उभार देखिएको छ । साहले जनताका माग र मुद्दासँग कुनै सम्झौता नगर्ने र सुशासन र समृद्धिको नेतृत्व गर्ने अठोट गरेका छन् ।

सो क्रममा अध्यक्ष साहले बारा २ मा आमजनता पार्टीको साझा उम्मेदवार अरुण ज्ञवालीले जित्ने दाबी गरेका छन्। उनले आफूहरूले दलतन्त्रको सिन्डिकेट उखेलेर फाल्ने बताए।

उनले भने,‘बारा जिल्लामा आम जनताको साझा उम्मेदवारले जित्नेवाला छन्। तपाईंहरू ढुक्क हुनुहोस्। हामी दलतन्त्रको दलीय सिन्डिकेट उखेलेर फाल्न चाहन्छौं, जहाँ पनि हेर्नुहोस्, जनता लाचार छन्। मुठ्ठिभर शासकले रजाइँ गर्दै देश लुट्ने काम गरिरहेका छन्। त्यसैले यो दलीयतन्त्र र सिन्डिकेट हटाउन आमजनता पार्टी लागिपरेको छ।’



प्रतिक्रिया दिनुहोस्