काठमाडौं, २४ चैत्र । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानु फरार भएका छन् । उनी आफ्नो सट्टामा ज्वाइँलाई एसईई परीक्षा दिन पठाएर विवादमा तानिएका थिए । उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको थाहा पाएलगत्तै उनी फरार भएका हुन् ।
उनी लगायत पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनले एसईई परीक्षामा नाताले ज्वाइँ पर्ने कमल साहलाई सट्टामा पठाएका थिए । साह सोही दिन पक्राउ परेका थिए । उनको बयानका आधारमा मेयर साह लगायत पाँच जनाको नाममा पक्राउ पुर्जी जारी भएको हो ।