Logo

सांसद महतोको गर्जन : जनता मारमा परिसके, खोई सरकार कहाँ छ ? (भिडिओसहित)



काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी नेपालका सांसद डा. विरेन्द्र प्रसाद महतोले सरकार गठन भएको एक सय दिन पुगिसकेको भएपनि जनताले सरकार छ भन्ने महशुस गर्न नसकेको गुनासो पोखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद महतोले यस्तो बताएका हुन् । उनले आफूहरु जिल्लामा जाँदा जनताले ‘सरकार कहाँ छ ? सोधिदिनुहोस भनेर प्रश्न गर्ने गरेको’ स्मरण गराउँदै यस्तो टिप्पणी गरेका छन् ।

उनले जनता महँगीलगायतका समस्याको मारमा परेको उल्लेख गर्दै सरकारले उनीहरुको पीडामा मल्हम लगाउन नसकेको गुनासो पोखे । उनले अहिले मुलुकबाट व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको पनि औंल्याए । मुलुक आर्थिक रुपमा पनि चरम संकटमा परेको उनको टिप्पणी छ ।

https://www.facebook.com/watch/?v=1248514212738758



प्रतिक्रिया दिनुहोस्