Logo

सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता



काठमाडौं, २५ चैत्र । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरु भएको छ । भेटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, र ओली र देउवाबीच हार्दिकता देखिएको छ ।

नेताहरुले हात मिलाएको तस्विरमा देख्न सकिन्छ । तीन नेतासँग सभामुख घिमिरेले संसद्लाई कसरी प्रभावकारी र बलियो बनाउने भन्ने विषयमा छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार छलफल जारी छ।

तस्विर स्रोत : प्रदीपराज वन्त/प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot