Logo

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन



काठमाडौं, चैत २६ । पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्। मार्च महिनामा मुलुक भित्रिएका पर्यटकहरूको संख्या कोभिड यताको सबैभन्दा बढी भए पनि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सरकारले एक लाख पर्यटक मुलुक भित्रिए भन्यो तर ती सबै घुम्ने पर्यटक नभएको बताए।

एनआरएनदेखि व्यावसायिक प्र्रायोजनका लागिसमेत गरेर निकै छोटो समयका लागि नेपाल आएका सबै पर्यटक सरकारी तथ्यांकमा पर्ने गरेको उल्लेख गर्दै अध्यक्ष शर्माले भने ‘सरकारले एक लाख पर्यटक नेपाल आए वा सन् २०१९ को तुलनामा ७८ प्रतिशत पर्यटक पुनरुत्थान भयो भने पनि पर्यटन क्षेत्रको वास्तविक वस्तुस्थिति त्यस्तो छैन् किनभने होटलहरूको अकुपेन्सी ६०र७० प्रतिशत मात्र छ।’

उनले थपे ‘अझ ठमेलका रेष्टुरेन्ट र पसलहरू होटल जत्तिको पनि अकुपेन्सी छैन्। योसबैभन्दा बढी पर्यटक आउने सिजन हो। ठमेलको समग्र पर्यटन व्यवसायमा होटल क्षेत्रमा मात्र अलिकति सन्तोषजनक अवस्था छ बाँकी रेष्टुरेन्ट र पसलहरूमा करिब ५० प्रतिशतको मात्र अकुपेन्सी छ।’

पर्यटन बोर्डले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा हवाई उडानको माध्यममबाट ९९ हजार ४ सय २६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका थिए। सरकारको डाटामा देखिएको एक लाख पर्यटकको आगमनमा करिब ५०र६० प्रतिशत जति मात्र विशुद्ध पर्यटक भएको अध्यक्ष शर्माको दाबी छ।

अध्यक्ष शर्माका अनुसार एनआरएनहरू विशुद्ध पर्यटकहरूले जस्तो मज्जाले घुम्ने, खाने र डुल्ने गर्दैनन्। फलतः त्यसले पर्यटनक्षेत्रले अपेक्षा गरेरअनुसारको योगदान नपुर्‍याउने उनको तर्क छ। उनीहरू पर्यटक भिसामा नेपाल आए पनि आफ्नै घर तथा आफन्तको घरमा बसेर आवश्यक क्रियाकलाप गर्छन् र वास्तविक पर्यटकले गर्ने जति खर्च नगर्ने उनले बताए।

यसका साथै अफिसियल काममा आएका पर्यटक निकै छोटो समयका लागि नेपाल आउँछन् र आफ्नो काम सकेर फर्किहाल्छन्। अन्य पर्यटकले झैं हिँडडुल तथा खर्च नगर्ने भएकाले पर्यटन क्षेत्रमा उनीहरूको योगदान नगन्य हुने उनले बताए।

मार्च, अप्रिल र मे महिनामा पर्ने वसन्त ऋतु सबैभन्दा बढी पर्यटक आउने समय हो। यो पर्यटक आउने सबैभन्दा उपयुक्त ऋतु भए पनि ठमेलका होटलबाहेक पसल तथा रेष्टुरेन्टहरूमा सोचे अनुसारको व्यापार नभएको बताउँदै अध्यक्ष शर्माले भने ‘पर्यटकले पहिलाजस्तो पैसा खर्च गर्न सकेका छैनन्। अहिले कोभिड अघिका पर्यटकले जस्तो गरी उनीहरूले सामान किन्दैनन् र किने पनि धेरै मोलमोलाई गर्छन्, खानामा पनि उतिसारो खर्च गर्दैनन्। पर्यटकले पैसा खर्च नगर्दा अपेक्षा अनुरूपको व्यापार हुन सकेको छैन।’

कोरोनाअघि र पछिको पूर्वाधार विकासमा फराकिलो अन्तर आइसकेको छ। भिजिट नेपाल २०२० लाई लक्षित गरेर बनाउन थालिएका पूर्वाधारको निर्माण सम्पन्न भइसकेको छ। ठमेलमा पर्यटकहरूको सेवा सुविधाका लागि होटल, रेष्टुरेन्ट तथा पसलहरूको क्षमता दोब्बर भइसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले भने ‘ठमेलमा पर्यटकका लागि डबल, ट्रिपल क्षताका पूर्वाधार तयार भइसके तर पर्यटकको भोल्युम त्यस अनुसारको छैन।’ नागपरक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot