Logo

एशोसियट उपाध्यक्षमा संघाई प्यानलबाट ज्योत्सना श्रेष्ठको पल्ला भारी



काठमाडौं, चैत २६ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावीले माहोल गर्माएको छ । चैत २८ र २९ गते हुने महासंघको नयाँ नेतृत्व विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्दैछन् ।

तर, महासंघको भावी अध्यक्षका रुपमा लिइने वरिष्ठ उपाध्यक्ष पदका लागि भने त्रिपक्षीय भिडन्त हुँदैछ । चुनावी मैदानमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, र रामचन्द्र संघाई भिड्ने भएका छन् ।

विधानअनुसार भने वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्ष र सदस्य पदहरुमा निर्वाचनको प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुँन लागेको हो। जसमा वरिष्ठ उपाध्यक्षका लागि संघाईको साथमा जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एशोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ चुनावी माहोलमा छन् ।

महासंघलाई थप प्रविधिमैत्री बनाउदै उद्योगी व्यवसायीहरुका समस्यालाई तत्काल सम्बोधन गर्न र मुलुकको आर्थिक क्षेत्रलाई मजबुत बनाउन यो समुहको जित निश्चित रहेको रामचन्द्र संघाईको दबी छ ।

अहिलेको संकटग्रस्त अर्थतन्त्र सुधार गर्ने योजनालाई साझा मुद्धाको रुपमा अघि सारेको संघाई समूहबाट एशोसियट उपाध्यक्षमा जोत्सना श्रेष्ठको चूनावी अभियानले सबैको ध्यान तानेको छ ।

एक सक्षम महिला उद्यमीका रूपमा महासंघको मूल नेतृत्वमा पुग्ने लक्ष्यसहित अघि बढेकी श्रेष्ठलाई भवानी राणापछि महासंघको मूल नेतृत्वमा पुग्ने नेतृको रुपमा धेरैले बुझेका छन् ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि निजी क्षेत्रका छाता संगठनहरूमा महिला उपस्थिति न्यून रहेको बताउँदै आएकी श्रेष्ठले अहिले अर्थतन्त्रमा देखिएको सुस्ततालाई घटाउनका लागि उद्योग व्यवसायलाई चलायमान बताउने, संस्थागत सुदृढीकरण एवं संगठनलाई सबल, असल र सक्षम नेतृत्वको पक्षमा उभिदै संघाई प्यानलबाट क्षमता प्रर्दशन गर्ने दाबी गर्दै आएकी छन् ।

उनले आफ्नो चुनावी घोषणा पत्रमा संगठनात्मक सुधार र समन्वय, कानून तथा नीति कार्यान्वयन, सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी गर्ने दाबी गरेकी छन् ।

सुरु माअन्जन श्रेष्ठको समूहमा रहेकी उनले मुलुकमा विद्यमान आर्थिक संकट, उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र त्यसको समाधान, उद्योगमैत्री वातावरणको निर्माण, महासंघको भावी नीति तथा रणनीति, लगानी, उत्पादकत्व, रोजगारीलगायतका क्षेत्रमा रहेका समस्यामा केन्द्रित हुन संघाई समूह रोजेको बताएकी छन् ।



प्रतिक्रिया दिनुहोस्