Logo

मेयर बालेनसँग फायर भए गृहमन्त्री श्रेष्ठ



काठमाडौं, २७ चैत्र । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरका मेयर बालेन्द्र साहको आलोचना गरेका छन् । उनले मेयर साहले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ भन्ने प्रश्नसमेत गरेका छन् ।

आज (सोमबार) चितवनमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन? तपाईंहरूलाई के लाग्छ?, अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन?’

मेयर साहको निर्देशनपछि महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेको छ। आजमात्रै पनि मेयर साहले संघीय सरकारका विभिन्न सरोकारवाला मन्त्रालयहरुले गरेको असहयोगको फेहरिस्त सार्वजनिक गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्