Logo

आर्थिक कूटनीतिमार्फत मुलुकको अन्तर्राष्ट्रिय व्यापार प्रर्वद्वन गर्दै चेम्बरः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, चैत २७ । निजी क्षेत्रको सवै भन्दा पुरानो प्रतिनिधिमूलक संस्था नेपाल चेम्वर अफ कमर्सको ७२ औं वार्षिक साधारण सभा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सभाको आयोजना गरिएको छ ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चेम्वरले अन्तर्राष्ट्रिय चेम्वरहरुसँग समन्वय तथा सम्पर्क गरेर आर्थिक कूटनीतिमार्फत् मुलुकको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समेत भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

सरकारले निजी क्षेत्रको मागलाई मध्यनजर राख्दै औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून पारित गरेको तथा रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने कार्यलाई अगाडी वढाएको बताउँदै उनले नेपालको औद्योगिक विकास र तिब्रताका दिशामा यसले महत्वपूर्ण नीतिगत योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।

नीजि क्षेत्रसँगको साझेदारी र सहकार्यमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने सरकारको संकल्पमा यसले दूरगामी भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्डले बताए।



प्रतिक्रिया दिनुहोस्