Logo

सरकार र मिटरब्याज पीडितबीच वार्ता सुरु (फोटोफिचर)



काठमाडौं, २७ चैत्र । मिटरब्याज पीडितहरुको दोस्रो समूह र सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ । उनीहरुबीच हिजो (आइतबार) पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको थियो ।

अहिले सिंहदरबारमा पीडित र सरकारी वार्ता टोलीबीच छलफल भइरहेको हो । मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतका माग मिटरब्याज पीडितहरुको रहेको छ ।

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot