Logo

आफ्नै पार्टीका सांसद्को घुस प्रकरणबारे बोले रास्वपाका प्रमुख सचेतक (भिडियोसहित)



काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठ घुस प्रकरण नेपालको राजनितिमा नौलो घटना नभएको बताएका छन् ।

आज (सोमवार)को प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले यो सम्वन्धमा संसद्लाई जानकारी गराँउदै पार्टीको तर्फबाट गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले उक्त घटनाको बारेमा सत्य तथ्य छानविन नहुन्जेल सम्म श्रेष्ठलाई निलम्वन गरिएको र छिट्टै सत्य तथ्य बाहिर आउने बताए ।

भ्रष्टचारिलाई रास्वपाले सदैव घृणा गर्ने उल्लेख गर्दै सांसद परियारले दोषी देखिए हदैसम्मको कारवाही गर्ने उल्लेख गर्दै यस घटनाले संसदको सम्मानप्रति परेको चोटप्रति  क्षमा पनि मागेका छन् ।

रास्वपाले श्रेष्ठ जोडिएको उक्त घटना नेपालको राजनितिमा पहिलो घटना नभएको भन्दै विगतमा पनि यस्ता घटना बाहिर आईरहेको र ती सबै घटनाको सत्यतथ्य छानविन गर्न माग समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्