Logo

नक्कली शरनार्थीदेखि अढाई करोड काण्ड राप्रपाले नियाली रहेको छ– धवल शमशेर



काठमाडौं, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जवराले देशमा भइरहेका विभिन्न काण्डहरुलाई आफूहरुले नियाली रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद जवराले देशमा नक्कली भुटानी शरनार्थीदेखि अढाई करोड काण्ड आएको बताएका छन् ।

‘देशमा काण्डैकाण्ड भइरहेको छ । चाहे त्यो एनसेल काण्ड होस् । चाहे नक्कली भुटानी शरनार्थीको काण्ड होस् । चाहे त्यो धितो बोर्डको कुरा होस् । दुईदुई वटा धितोबार्ड यतिसानो देशलाई किन चाहियो ? चाहे त्यो अढाई करोड काण्ड किन नहोस् । यो काण्डैकाण्ड भएको बेलामा राप्रपाले नियाली रहेको छ,’– उनले भने ।

साथै, सरकारमा रहेका मन्त्रीका छोराछोरीहरुले काण्ड घटाइरहेको उनको आरोप छ । तिनीहरुलाई कारबाहीको कठघरामा ल्याउन पनि उनले माग गरेका छन् ।

‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौं । सरकारमा बसेका मन्त्रीका छोराछोरीहरुले विभिन्न घटनाहरु घटाइरहेका छन् । सरकारले यी सबैलाई कठघरामा ल्याउन पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्