काठमाडौं, २७ चैत्र । मिटरब्याज पीडित र सरकारबीच भएको दोस्रो दिनको वार्तापनि असफल भएको छ ।
सिंहदरबारस्थित् गृहमन्त्रालयमा भएको वार्ता असफल भएको हो । मिटरब्याज पीडितहरुसँग हिजो उनीहरु बसेकै स्थानमा वार्ता गरिएको थियो ।
हिजोको वार्ता १५ मिनेटमै सकिएको थियो । तर, आजको वार्ता भने लामो समय भएको थियो । अब अर्को वार्ता कहिले बस्छ भन्ने अन्यौल छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम