Logo

फ्रान्सेली आल्प्समा हिमपहिरो : चार जनाको मृत्यु



एजेन्सी । फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ।

आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन्। आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको र त्यसले मानवीय क्षति पुर्याएको मन्त्रीले जानकारी दिएका छन्।

उद्धारकर्मीहरूले उद्धारकार्यलाई तीव्रता दिएको पनि उनले ट्वीट गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot